Sajhamanch Archive

काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ जनामा हैजा देखियो

Published: in समाज, स्वास्थ्य by .

झापा । काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सोमवारको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए।

तीमध्ये ८ जना उपचारपछि घर फर्किसकेका छन् भने ४ जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते २ जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरू काठमाण्डौ महानगरपालिका २८ बागबजारमा बस्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *