नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान
Published: (Updated: )
by .काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा गएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान कतार एयरलाइन्सबाट क्यानडाका लागि प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका थिए । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुलाई ४ र ५ मा दुई वटा एकदिवसीय श्रृंखला तथा स्थानीय क्लबसँग एक खेल खेल्ने तालिका छ ।
लिग–२ मा नेपाल तालिकाको पाँचौ स्थानमा छ । नेपालले १६ खेलमा सात जित, आठमा हार र एक बराबरीसहित १५ अंक जोडेको छ । आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले २० खेल खेल्न बाँकी छ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको एकदिवसीय श्रृङ्खला जुलाई ११ तारिख अर्थात असारको २७ गतेदेखि सुरु हुनेछ । नेपालले असार २७ र ३२ गते नामिवियासँग तथा २९ गते र साउन १ गते स्कटल्याण्डसँग खेल्ने तालिका छ ।
Comments