Sajhamanch Archive

बाढीबाट विस्तावित परिवारलाई शिवसताक्षी नगरपालिकाद्वारा तत्काल राहत वितरण

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

शिवसताक्षी । गएराति देखि अविरल वर्षाका कारण आएको बाढीबाट विस्तावित बनेका शिवसताक्षीका स्थानीयलाई नगरपालिकाले तत्काल राहत वितरण गरेको छ ।

बाढीका कारण त्रिभुवन माध्यामिक विद्यालयमा राखिए शिवसताक्षी नगरपालिका वडा नं. ४ का ३३ विस्तावित परिवारलाई शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको हो ।

जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ सुत्केरी र १ गर्भवती रहेका नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । जसमा १० परिवार सन्थाल, २६ परिवार ताजपुरिया, राजवंशी समुदायका रहेका छन् । उनीहरुलाई ३३ थान झुल, २ रोल म्याट (१ सय मिटर), ३३ थान तन्ना, १५ थान सिरानी, नगरपालिकाले उपलब्ध गराएको छ । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा (रोशन), उपप्रमुख नरमाया कार्की लगायतले विस्तावित परिवारलाई राहत वितरण गरेका हुन् ।

स्थानीय गोपल गौरी दिगो विकास प्रतिष्ठानले नगरको एकद्वार प्रणालीबाट २ सिलिण्डर ५० केजी चामल, ५ केजी चिनी, ५ लिटर खानेतेल, १४ केजी दाल, १० केजी चिउरा, १ बोरा भुजा, र २ केजी नुन र ६० थान चाउचाउ वितरण गरेको छ ।

शिवसताक्षी वडा नं. ६ का विस्तावित परिवारलाई २६ परिवार मध्ये २२ परिवारलाई स्थानीय जनआर्दश माध्यमिक विद्यालयका शिवगञ्जमा र ४ परिवारलाई गौरी शंकर प्राविमा राखिएको छ । उनीहरुलाई गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ३ बोरा चामल, १४ केजी मुसुरी दाल, २ केजी नुन, ६० प्याकेट चाउचाउ, ५ पोका तेल, ५ केजी चिनी, वितरण गरेको छ ।

शिवसताक्षी नगरपालिकाले बाढीबाट वितस्तावित परिवारलाई खाद्य सामाग्री नगरले व्ययभार गर्नेगरी सम्बन्धित वडा कार्यालयलाई व्यवस्थापनको जिम्मा दिएको छ ।

गएरातिदेखि आएको अविरल वर्षाका कारण शिवसताक्षीका दक्षिणी क्षेत्रका अधिकांश स्थानहरु डुवानमा परेका छन् । शिवसताक्षीको सतासी खोलाको भङ्गालो बस्तीमा पसेपछि प्राथमिक स्वास्थ्यकेन्द्र शिवगञ्ज समेत डुवानमा परेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *