Sajhamanch Archive

नेपाली रेफ्रीद्वय प्रज्वल र किसनले साफ यू–२० च्याम्पियनसिप खेलाउने

Published: in खेलकुद by .

काठमाडौं । फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा असिस्टेन्ट रेफ्री किसन कन्हैया यादवले भारतमा हुने साफ यू–२० च्याम्पियनसिप खेलाउने भएका छन् । दक्षिण एसियाली फुटबल महासंघले नेपालका दुई रेफ्रीले साफ यू–२० खेलाडी पुष्टी गरेको अखिल नेपाल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रज्वल क्षेत्री र किसन यादवले २०२१ मा आफ्नो फिफा ब्याज प्राप्त गरेका थिए । चौथो संस्करणको साफ यू–२० च्याम्पियनसिप आगामी जुलाई २५ देखि अगष्ट ५ सम्म भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुँदैछ । जसमा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

सन् २०१५ मा साफ यू–१९ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिताको पछिल्ला दुई संस्करण भने यू–१८ च्याम्पियनसिपको नाममा भएको थियो । नेपालले सुरुवाती दुई संस्करणको उपाधि जित्दा भारतले पछिल्लो संस्करण जितेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *