Sajhamanch Archive

२४ घण्टामा विपद्का ३२ घटनाः चट्याङ लागेर ७ को मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बितेको २४ घण्टामा विपद्का घटनामा ८ जनाको मृत्यु भएको छ । सो अवधिमा १९ जिल्लाका ३२ स्थानमा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रुपन्देही, नवलपरासी पश्चिम, बागलुङ, बाँके, पर्सा, धादिङ, कैलालीमा विपद्का घटनाबाट ८ जनाको मृत्यु भएको हो । यस्तै ३ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ्ग लागेर मृत्यु भएको छ भने नवलपरासी पश्चिमको लक्ष्मीपुरमा ६० वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरी बागलुङको काठेखोलामा २८ वर्षीय महिला, बाँकेको राप्ती सोनारीमा ७ वर्षीया बालक, पर्साको सखुवा प्रसौनीमा ३२ वर्षीय पुरुष, धादिङको त्रिपुरा सुन्दरीमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै सर्पदंशबाट धनगढीमा ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । विपद्का घटना गत वैशख १ देखि असार १५ सम्ममा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस्तै ७० परिवार प्रभावित भएका छन् । सो अवधिमा झण्डै ४ करोड बराबरको क्षति भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *