Sajhamanch Archive

चार संस्थाद्वारा शिवसताक्षीका विस्तापित परिवारलाई राहत प्रदान

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । शिवसताक्षीका बाढीबाट विस्तावित परिवारलाई बुधबार ४ सस्थाले राहत प्रदान गरेका छन् । शिवसताक्षीका ६० विस्तावित परिवारलाई नगर भित्र तथा बहिरका संस्थाहरुद्वारा राहत सामाग्री प्रदान गरेका हुन् ।

पीडित परिवारलाई शिवसताक्षी न.पा. ९ दूधे स्थित कनकाई गार्मेटले लत्ता कपडा वितरण गरेको छ । गार्मेटले शिवसताक्षी ६ का जन आदर्श मा.वि.मा आश्रय लिएर बसेका २६ परिवारलाई र शिवसताक्षी ४ को त्रिभुवन मा.वि. मा आश्रय लिएर बसेका ३३ परिवारलाई जम्मा २७५ थान लत्ता कपडा प्रदान गरेको कनकाई गार्मेटका सञ्चालक सन्तोष थोप्राले जानकारी दिए । उनीहरुलाई भेष्ट, ट्रयाक सुट, बच्चाको सुट, टिसर्ट लगायतका कपडा प्रदान गरिएको हो । उनले भने १ हजार जना सम्मलाई लत्ता कपडा मसँग छ । अन्य कोही बाढीबाट पीडित हुनुहुन्छ भने सम्पर्क गर्नुृहोला ।

त्यसैगरी शिवसताक्षी नगरपालिका झिलझिले स्थित गोपाल गौरी दिगो विकास प्रतिष्ठानले पीडित परिवारलाई राहत वितरण गरेको छ । गोपाल गौरीले वडा नं. ६ को जनआदर्श मा.वि २६ र शिवसताक्षी न.पा. ४ का त्रिभुवन मा.विमा आश्रय लिएर बसेका सुत्केरी, गर्भवती सहित ३३ परिवारलाई साडी, बच्चाको कपडा, व्याङ्केट लगायतका लत्ताकपडा वितरण गरिएको गोपाल गौरी दिगो विकास संस्थाकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले जानकारी दिइन् ।

उनका अनुसार १५ थान ब्यालङ्केट, १५ थान तन्ना, १५ थान भुल, गर्भवती महिलाको लागि जामा, २७ थान ठुलो र सानो बच्चाको सेट र महिलाहरुका लागि १२ थान साडी वितरण गरिएको हो । उनीहरुलाई माननीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन), उपप्रमुख नरमाया कार्की, निवर्तमान उपप्रमुख भोजकुमारी नेपाल, गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्इक्ष इन्दिरा गौतम लगायतले राहत सामाग्री वितरण गरेका थिए ।

त्यसैगरी गोपाल गौरी दिगो विकास प्रतिष्ठानले वडा नं. ३ का बाढी पीडितलाई पनि राहत सामाग्री वितरण गरेको छ। जसमा ३ बोरा भुजा, ३ कार्टुन चाउचाउ, १० केजी चिउरा, ६ लिटर तेल, ४ केजी नुन, २५ केजी चामल,२ ओटा व्याङकेट र ३ थान झुल र ३ थान तन्ना वितरण गरिएको थियो ।

यसैबीच शिवसताक्षीका बाढीबाट विस्तावित  परिवारलाई शिवसताक्षी उद्योग वाणिज्य संघको अध्यक्ष यामनाथ काफ्लेको संयोजनमा, यसोदा ट्रेडिङ विर्तामोड र आयुस ट्रेडर्स दूधे संयुक्त रुपमा राहत प्रदान गरेका छन् ।

जसमा शिवसताक्षी नगरपालिका वडा नं. ६ जनआदर्श मा.वि.मा रहेका २६ परिवार , वडा नं. ४ का पोक्ला बस्तीका १८ परिवार र त्रिभुवन माध्यमिक विद्यालयमा राखिएका ३३ परिवारलाई राहत प्रदान गरिएको हो ।

जनआदर्श माविमा रहेका पीडितलाई राहत वितरणका लागि नेपाल रेडक्रम सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष नारायण दाहाललाई एकमुष्ट प्रदान गरिएको शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले जानकारी दिए । त्यस्तै वडा नं. ४ का पोक्ला बस्तीका १८ परिवार र त्रिभुवन माविमा आश्रय लिएर बसेका पीडित परिवारलाई राहतका लागि वडाध्यक्ष विष्णु प्रसाईलाई प्रदान गरिएको छ ।

पीडित परिवारलाई ६५ कार्टुन चाउचाउ, २५ बोरा भुजा र ३० पिस टि–सर्ट वितरण गरिएको थियो ।
राहत वितरणमा यसोदा ट्रेडिङ विर्तामोड सञ्चालक राजन अधिकारी र आयुस ट्रेडर्स दूधका सञ्चालक आयुस काफ्लेले उपस्थिति रहेको थियो ।

शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष काफ्लेले मंगलबार पनि पीडित २५ परिवारलाई चामल, दाल, तेल नुन र न्यूटेला वितरण गरेका थिए । नगरपालिकाले दिएको पीडित परिवारको तथ्यांक अनुसार नै राहत प्रदान गरिएको शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । मंगलबार राति परेको अविरल वर्षाका कारण शिवसताक्षी ६ मा स्थानीय सतासी खोलाको भङ्गालो गाउँ पस्दा २६ परिवार र शिवसताक्षी ४ मा ३३ परिवार डुवानमा परी विस्तावित बनेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *