सतासीधाम जेसीजद्वारा शिवसताक्षीका विस्थापित परिवारलाई राहत वितरण
Published: (Updated: )
by .शिवसताक्षी । केही दिनदेखि अविरलरुपमा भइरहेको वर्षातका कारण विस्थापित भएका घरपरिवारलाई “ मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै सतासीधाम जेसीजले राहत प्रदान गरेको छ ।
जेसीजले शिवसताक्षी नगरपालिकाको रोहवरमा वडा नं. ४ का त्रिभुवन माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका विस्तापित परिवारलाई राहत वितरण गरेको हो ।
त्रिभुवन मा.विमा रहेका विस्थापित परिवारलाई, ५० थान झुल र ५० थान तन्ना वितरण गरिएको सतासीधाम जेसीज वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
राहत वितरणका क्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले विपतको घडिमा राहत वितरण सहकार्य गरेकाले सतासीधामलाई धन्यवाद दिएका थिए । जेसीजले विगतमा गरेका सामाजिक कामहरुको प्रशंसा गर्दै उनले आउँदा दिनहरुमा पनि नगरपालिकासँग सहकार्य गरेर काम गर्न सुझाए ।
सतासीधाम जेसीजले आफ्नो स्थापना कालदेखि नै दैविक विपत्तिमा आफ्नो तर्फबाट उद्धार तथा राहत वितरण गर्दै आएको छ । राहत वितरण कार्यक्रममा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत तथा विपत व्यवस्थापनका फोकल पर्सन महेश लामिछानेको सहजीकरण गरेका थिए । राहत वितरण कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमारसिं साँवा र नेपाल जेसीजका जेसीज भिलेज नेशनल कोवर्डीनेटर महेन्द्र भट्टराईको समेत उपस्थिति रहेको थियो ।
Comments