शिवसताक्षीमा आगामी आवको बजेट ८९ करोड १६ लाख
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले लागि ८९ करोड १६ लाख ६२ हजार बजेट पारित गरेको छ । आज बसेको नगरसभाले आ.व. २०७९÷०८० का लागि उक्त बजेट पारित गरेको हो ।
नगरपालिकाले शशर्त अनुदान र निर्शत गरी नगर योजना तथा कार्यक्रमहरुमा १६ करोड ४८ लाख विनियोजन गरिएको छ । नगरका ११ वडाहरुमा ७ करोड ७० लाख, शिक्षा तथा खेलकुदमा शशर्थ अनुदान २७ करोड ५८ लाख तथा निर्शत १ करोड ७० लाख १० हजार रकम विनियोजन भएको छ ।
त्यस्तै सामाजिक विकासमा निर्शत ४० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयुर्वेद, कृषि, स्वास्थ्य, उद्योग तथा वाणिज्यलगायत २६ शीर्षकमा बजेट विनियोजन गरेको हो ।
Comments