Sajhamanch Archive

झापामा बजार अनुगमन स् १ वर्षमा १४ पटक मात्रै

Published: in समाज by .

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले शुक्रवार बिर्तामोडको कृषिथोक बजारमा अनुगमन गरेको छ । सरकारको योजना अनुसार देशभर एकैदिन, एकै समयमा बजार अनुगमन गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रुद्रप्रसाद न्यौपाने कृषिथोक बजारमा फलफुल, माछामासु र तरकारी बजारमा अनुगमन गरिएको न्यौपानेले जानकारी दिए । उनले फलफुलमा विषादि हेरिएको बताए । बजारभित्र अनुगमनका क्रममा व्यवसायीले प्रयोग गर्ने काटा नविकरण नगरेको, अनुमति नलिएको समस्या पाइएको न्यौपानेको भनाई छ । उनका अनुसार नविकरण नगर्ने र स्वीकृति बिना प्रयोग गर्नेलाई सचेत गराउदै आवश्यक प्रक्रिया पुरा गर्न सूझाव दिइएको छ ।

यस्तै, माछामासु व्यवसायीलाई सरसफाईमा ध्यान दिन सूझाव दिइएको उनको भनाई छ । ‘पहिले भन्दा केहि सुधार भएको छ, तर पर्याप्त भएको छैन’ सूचना अधिकारी न्यौपानेले भने – बजारमा थप सरसफाईको खाँचो छ । सबै व्यवसायीहरुलाई व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्न सूचित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

झापामा आर्थिक वर्ष २०७८–२०७९ मा जम्मा १४ पटक बजार अनुगमन भएको सूचना अधिकारी न्यौपानेले बताए । उनले वर्षमा १४ पटक बजार अनुगमन हुनु पर्याप्त नभएको स्वीकार गरेका छन् । प्रशासन कार्यालयभित्रको कामको लोड र जनशक्ति अभावका कारण पर्याप्त अनुगमन नभएको उनको भनाई छ ।

उनका अनुसार बजार अनुगमनका लागि नयाँ संयन्त्र निर्माण गरेर वर्षभरी अनुगमन गरे मात्रै प्रभावकारी हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *