Sajhamanch Archive

विर्तामोड नगरपालिकाद्वारा कृषि फार्महरु अनुगमन

Published: in विविधा by .

विर्तामोड । बिर्तामोड नगरपालिकाले माछा फार्महरुको अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा रहेको टोलीले आज नगरका विभिन्न वडामा रहेका फार्महरुको अनुगमन गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको शर्सत अनुदान मार्फत चालु आर्थिक वर्ष २०७८÷०७९ मा आएको बजेटबाट नगरपालिकाले कृषकहरुलाई क्षेत्र विस्तार,पोखरी मर्मत र यान्त्रिकरणको लागि लागत साझेदारीमा माछा पकेट कार्यक्रम सञ्चालन गरेको छ । जसमा क्षेत्र विस्तारका लागि प्रति कठ्ठा दश हजार रुपैयाँ, पोखरी मर्मतका लागि प्रति कठ्ठा तिन हजार तिन सय,यान्त्रिकरणका लागि लागत साझेदारीमा ५० प्रतिशत र सिँचाईमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको नगरको कृषि पशुपंछि तथा मत्स्य विकास शाखाले जनाएको छ । यान्त्रिकरणमा जाल,समरसेबल,डिजिटल तराजु,भुरा खरिद आदि रहेका छन् ।

आइतबार अनुगमन गरीएका फार्महरुमा शुभलक्ष्मी कृषि र्फाम बिर्तामोड २, स्टार अर्गानिक कृषि फार्म बिर्तामोड ७, कलामाया कृषि फार्म बिर्तामोड ७, माँ लक्ष्मी कृषि फार्म बिर्तामोड ७ र केशव कृषि फार्म बिर्तामोड १० रहेका छन् । नगरपालिकाले क्षेत्र विस्तार,पोखरी मर्मत र यान्त्रिकरणको लागि आवेदन भर्ने कम्तिमा ६ कठ्ठा भन्दा बढी क्षेत्रफलमा व्यवसायिक माछा उत्पादन गर्दै आएका फार्महरुलाई अनुदान उपलव्ध गराएको हो ।

माछा पालनमा कुनै पनि समस्या नरहेकोले आफुहरु सन्तुष्ट रहेकोे माछा पालक कृषकहरुको भनाई छ । अधिकांस कृषकहरुले पोखरीमा कमन कार्प र पंगास माछा उत्पादन गर्दै आएको पाइएको छ ।

अनुगमन गर्ने टोलीमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला,वडा नम्बर ३का वडाध्यक्ष मदन बुढाथोकी, शिक्षा शाखा प्रुमख तिलचन भण्डारी,पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, पशु अस्पताल तथा विज्ञ केन्द्र भद्रपुरकी मत्स्य प्राविधिक केदारकुमारी अधिकारी,पशु प्राविधिक निमेश थापा,सव इन्जिनिरय भोगेन्द्र थापा मगर रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *