Sajhamanch Archive

शिवसताक्षीमा नेपाल स्काउटको दिक्षान्त समारोह सम्पन्न

Published: in विविधा, समाज by .

शिवसताक्षी । नेपाल स्काउट शिवसताक्षीले स्काउटको दिक्षान्त समारोह सम्पन्न गरेको छ ।

शिवसताक्षी नगरपालिकाको हलमा एक कार्यक्रम गर्दै स्काउटले शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीलाई दिक्षान्त गराएका हुन् ।

नेपाल स्काउट शिवसताक्षीको संरक्षकको रुपमा स्काउटको नगर समितिले प्रमुख तथा उपप्रमुखलाई दिक्षान्त गराएका नेपालल स्काउट शिवसताक्षीका संयोजक डिगम पराजुलीले जानकारी दिए । नगरप्रमुख थोप्रा र उपप्रमुख कार्कीलाई स्काउटको व्याज हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बेनु कार्कीले नेपाल स्काउटले विपतको घडिमा काम गर्न सक्ने बताए । स्काउटमा आबद्ध विद्यार्थीहरुलाई दैविक विपतका बेला काम गर्ने तालिम समेत दिएर उनीहरुलाई काम गर्न सक्ने बनाइए भएकाले पनि शिवसताक्षीको सबै विद्यालयहरुमा स्काउट सञ्चालन गर्नु पर्ने उनको भनाई थियो ।

नगरप्रमुख थोप्राले स्काउट आजभन्दा धेरै वर्ष आगाडी शिवसताक्षीका विभिन्न विद्यालयहरुमा सञ्चालन भएको बताए। उनले भने, विचमा केही समय हराएको थियो तर अहिले प्रभावकारी ढंगले यो आएको छ । यसले विद्यार्थी क्षमता अभिबृद्धि गर्दै अतिरिक्त क्रियाकलापमा सरिक भई विद्यार्थीको चौतर्फी विकास हुने छ । स्काउट सञ्चालनका लागि केही बजेटको आवश्यक रहेकाले त्यसका लागि नगरपालिका सकारात्मक रहेको प्रमुख थोप्राले जानकारी दिए ।

गएको २ महिना अघिदेखि शिवसताक्षीमा स्काउटले काम गर्दै आएको छ । शिवसताक्षीका अधिकांश विद्यालयबाट स्काउट शिक्षक छनोट गरी उनीहरुलाई तालिम गराई विद्यालयमा स्काउट सञ्चालन गर्न सक्षम बनाइएको नेपाल स्काउट शिवसताक्षीका संयोजक डिगम पराजुलीले जानकारी दिए । उनका अनुसार शिवसताक्षीको प्रत्येक विद्यालयमा विद्यार्थीहरुलाई स्काउटको तालिम गराई दैविक विपती परिचालन गराउन स्थानीय स्तरबाट पनि सम्भव हुने छ । स्काउटले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन सकिने संयोजक पराजुलीले बताए ।

कार्यक्रमा उपप्रमुख नरमाया कार्की, प्याब्सन अध्यक्ष राम सुहाङ्गलगायतले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा प्रमुख छविलाल ढकालले गरेका थिए । स्काउटमा स्थानिय पालिका प्रमुख स्काउटको संरक्षक, पालिका उप प्रमुख स्काउट प्रमुख तथा शिक्षा प्रमुख स्काउटको सदस्य सचिब रहने व्यबस्था रहेको छ ।

नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो । यसको स्थापना विसं २००९ सालमा भएको हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।

बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने । दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, साामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने, समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने, स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *