Sajhamanch Archive

शिवसताक्षीका १६५ जना सुत्केरीलाई पौष्टिक तत्व तथा झुल वितरण

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । शिवसताक्षीका सुत्केरी महिलाहरुलाई पौष्टिक तत्व र झुल वितरण गरिएको छ ।

सताक्षीको वडा नं ९ र ११ को वडाकार्यलयमा एक कार्यक्रमको आयोजना गरी शिर्जनशिल गोदावरी महिला समाजद्वारा शिवसताक्षीका १ सय ६५ जना सुत्केरी महिलाहरुलाई हर्लिक्स तथा झुल वितरण गरेको हो ।

झुल वितरण कार्यक्रममा उपप्रमुख नरमाया कार्कीले महिलाहरुको समस्याहरुलाई मध्य नजर गरेर सुत्केरी महिलाहरुलाई पौष्टिक तत्व विवतरण गरेकोमा शिर्जनशिल महिला समाजलाई धन्यवाद दिएकी थिइन् । विपिन्न परिवारका महिलाहरुले सुत्केरीको अवस्थमा आवश्यक खाद्य सामाग्रीहरु जुटाउन नसकिरहेको अवस्थामा सुत्केरीलाई प्राथमिकता राखेर काम गर्न पनि उनले सुझाइन् ।

झुल वितरण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष डिल्ली फेम्बू, शिर्जशिल गोदावरी महिला समाजकी सुनिता थापा लगायतको उपस्थिति रहेको थियो ।

शिर्जनशिल महिला समाजले शिवसताक्षी नगरपालिकाको सहयोगमा झुल वितरण गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *