Sajhamanch Archive

विभिन्न जिल्लामा डुबेर तीन जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर ३ जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसीको बुधबार दिउँसो मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने राज कुमार चमारको १८ महिनाको छोरा बिर्जा चमारको आफ्नै घर नजिक खाडलको पानीमा डुबेर बुधबार दिउँसो डुबेर मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *