आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन वैदेशिक रोजगार बोर्डको आग्रह
Published:
by .काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट पाउने क्षतिपूर्ति तथा आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन बोर्डले आग्रह गरेको छ ।
अहिले बोर्डबाटको आर्थिक सहायताको लागि पालिका तहबाटै अनलाइन आवेदन दिन मिल्छ । तर आवेदन भर्ने क्रममा कागजातहरुप्रति सजग नहुँदा पैसा हिनामिनाको जोखिम हुने भन्दै बोर्डले सचेत गरेको हो । सिग्नेचरसहितको चेक, एटिएम तथा बैंक खातासँग सम्बन्धित अन्य कागजात वा सूचना विश्वास गरी अरुलाई दिँदा खातामा भएको पैसाको हिनामिना हुने गरेको बोर्डले जनाएको छ ।
साथै सम्बन्धित खातावालाको स्वीकृतिबिना नै कसैलाई झक्याएर रकम दुरुपयोग गरेको पाइएमा नजिकको प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा गइ उजुरी गर्न पनि बोर्डले आग्रह गरेको छ । यस्तै, कसैले यस्तो गरेमा नजिकको आप्रवासी सूचना केन्द्रमा सहयोगको लागि सम्पर्क गर्न पनि सकिन्छ ।
Comments