Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा विद्यालयमा डस्बिन वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । सतासीधाम जेसीजले दूधेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई डस्विन वितरण गरेको छ ।

सतासीधाम जेसीज वर्ष २०२२ द्वारा जेसीज पदाधिकारी तथा सदस्य जन्मोत्सव सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई ५ थान डस्बिन र ५ थान झाडु वितरण गरेको हो ।

उक्त डस्बिन सतासीधाम जेसीज वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराई, जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमारसिं साँवा, जन्मोत्सव कर्ता नेहारिका प्रधानले विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजाल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

सतासीधाम जेसीज वर्ष २०२२ की विद्यार्थीसँग जेसीज कार्यक्रम संयोजक नेहारिका प्रधानले आफ्नो जन्मोत्सवमा हुने फजुल खर्च कटाएर डस्विन वितरण गरेकी जेसीजका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

विद्यालयको फोहोर व्यवस्थापनका लागि सतासीधाम जेसीजले डस्विन वितरण गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले जेसीजलाई धन्यवाद दिएका थिए । सतासीधाम जेसीजले समाज रुपान्तरणका लागि प्रत्येक महिना विभिन्न सामाजिक काम गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *