Sajhamanch Archive

जम्मु कश्मीरको अमरनाथमा आँधी आउँदा १६ जनाको मृत्यु, ४० जना बेपत्ता

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

झापा । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् ।

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार साँझ अकस्मात आँधी र वर्षा सुरु भएको थियो । घाइतेहरुलाई अस्पताल पुर्याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *