विश्वकप क्रिकेट लिग–२ः त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि स्कटल्यान्डमा
Published: (Updated: )
by .काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि स्कटल्यान्डमा सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा घरेलु टिम स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले आफ्नो पहिलो खेल सोमबार नामिबियासँग खेल्नेछ।
सिरिजका लागि नेपाली टिम क्यानडामा तयारी गरेर स्कटल्यान्ड पुगेको हो। क्यानडामा नेपालले स्थानीय टिम ओन्टारियोसँग २ वटा टी–२० खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।
एकदिवसीय सिरिजअघि टी–२० खेल, त्यो पनि स्थानीय टिमसँग खेलेपछि नेपाल क्रिकेट संघ (क्यान) व्यवस्थापनको आलोचना भइरहेको छ। क्यानडासँग दुई खेलको एकदिवसीय खेल खेल्ने तय भए पनि पहिलो खेल वर्षाका कारण हुन सकेन। दोस्रो खेलमा नेपाल पराजित भयो।
एकदिवसीय मान्यताका लागि च्यालेन्ज लिग खेलिरहेको क्यानडाले पहिले ब्याटिङ गर्दै १८८ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको नेपाल १०५ रनमै अलआउट भयो। नेपालका लागि देव खनालले सबैभन्दा बढी २६ रन जोडेका थिए।
Comments