Sajhamanch Archive

काँकडभिट्टाबाट छुटेको बसको डिकीमा दुई लाखको कपडा बरामद

Published: in समाज by .

झापा । काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्राएको अवैध कपडा प्रहरीले यात्रुवाहक बसको डिकीबाट बरामद गरेको छ । कमल–३ मा मङ्गलवार बिहान साढे ११ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले पूर्वी नाका काँकडभिट्टाबाट धरान तर्फ जाँदै गरेको को १ ख ६४३३ नम्बरको यात्रु वाहक बसको डिकीमा लुकाइछिपाई राखेको साडी, कुर्ता, कुसन कपडा सटिङ, सुटिङ लगायत विभिन्न प्रकारका अन्दाजी २ लाख मुल्य बरावरको लत्ता कपडा बरामद गरेको हो ।

अवैध कपडासँगै ओसारपसारमा संलग्न मोरङ उर्लाबारीकी ५० वर्षीया तारा रिजाजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सामानसहित रिजाललाई आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *