एन्फा कार्य समिति बैठकमा पाँच एजेन्डा थप गर्न उपाध्यक्ष केसीको माग
Published: (Updated: )
by .काठमाडौं । अखिल नेपाल फुटबल संघ ९ (एन्फा) को कार्यसमिति बैठक आगामी सोमबार बस्दैछ । सोमबार बस्ने बैठकमा बिभिन्न ११ एजेन्डामा छलफल हुँदैछ । उक्त कार्यसमिति बैठकमा पाँच एजेन्डा थप्न उपाध्यक्ष कुमार केसीले माग गरेका छन् ।
नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रमसहित अघि बढ्नुपर्ने बताउँदै उनले आसन्न बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका हुन् । उनले महासचिव किरण राईलाई सम्बोधन गर्दै पाँच एजेन्डा थप गर्न माग गरेका हुन् ।
उपाध्यक्ष केसीले विशेष साधारणसभाको मिति तोक्ने, महिला लिगको दोस्रो चरणको खेलको सम्बन्धमा निर्णय गर्नुपर्ने, राष्ट्रिय लिग गर्ने सम्बन्धमा कार्यसमिति बैठकले निर्णय गर्नुपर्ने माग गरेका छन् । उपाध्यक्ष केसीले महिला लिगको दोस्रो चरणको खेलको सम्बन्धमा निर्णय गरेर जानुपर्ने माग गरेका छन् ।
उनले लिगको क्यालेन्डर अनुसार ए, बी र सी डिभिजन लिगको समय निर्धारण गर्नुपर्ने र दुई वर्षदेखि स्थगित अवस्थामा रहेको उमेर समुहको प्रतियोगिता ललित स्मृति यू–१८ खेल गराउने सम्बन्धि एजेण्डामा छलफल गर्नुपर्ने माग गरेका छन् ।
Comments