Sajhamanch Archive

सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य by .

सोलुखुम्बु । सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो ।

अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाइ छ ।

स्वचालित रूपमा बिरामीको बेडमा नै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ । जिल्लामै अक्सिजन उत्पादन सुरु भएपछि अक्सिजन भर्नका लागि लाखौँ रुपैयाँ खर्चिएर बाहिर जानुपर्ने बाध्यता हटेको निमित्त प्रमुख शेर्पाले बताए।

कोरोनाको समयमा अक्सिजनका लागि धेरै समय र रकम खर्च गरेर बाहिर लानुपर्ने बाध्यता थियो । अब भने यो समस्या हटेको छ । आवश्यकताका आधारमा जिल्ला अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन जिल्लाका अन्य स्वास्थ्य संस्थाले पनि लैजान सक्ने अस्पतालले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *