Sajhamanch Archive

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाण्डौ । शेयर बजार आज शुक्रवार झन्डै ८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ९३ अङ्कले बढेर २ हजार ९ दशमलव ४६ अङ्कमा पुगेको छ ।

आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । २ सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता शेयर १ अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भयो ।

आज नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *