Sajhamanch Archive

एटिएम मेशिन फोर्न खोजेको दृश्य सिसिटिभीमा देखिएपछि…

Published: in समाज by .

कास्की । कास्कीको पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

नगद रकम चोरी गर्ने उद्धेश्यले एटिएम मेशिन फुटाउन खोजेको अभियोगमा प्रहरीले सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई पक्राउ गरेको हो ।

उनले मेशिन फुटाउन प्रयत्न गरेको सिसिटिभी फुटेजमा देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले गत शनिवार बैंकको मेशिन फुटाउन खोजेका थिए । उक्त दृश्य सिसिटिभीमा कैद भएको थियो । उक्त दृश्य देखेपछि बैंकले आइतवार प्रहरीले खबर गरेको थियो । उनी आइतवार नै पक्राउ परेका थिए ।

प्रहरीले सिसिटिभी फुटेजकै आधारमा उनको पहिचान गरी पक्राउ गरेको जनाएको छ । उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *