Sajhamanch Archive

एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला, पोष्टमाटमका लागि लैजाने तयारी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । आज विहान कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा भुन्डिएको अवस्थामा फेला परेका थिए ।

हाल तीन किशोरीको सवलाई पोष्टमार्टमका लागि धरान घोपा पठाउने तयारी गरिएको छ । झापा प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार घोपा पठाउने तयारी भइरहेको छ ।

कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । तीनै जना किशोरी सोही चिया बगाममा मजदुरी गर्दै आएका थिए ।

फेला पर्नेहरुमा कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् ।

स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोको खाना बनाएर खानपिन गरेरै बाहिर निस्केका थिए । परिवारले शनिवार छुट्टी भएका कारण खोजी नगरेको जनाएका छन् । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *