Sajhamanch Archive

फ्राइडे रिलिज ‘निर्जला’

Published: (Updated: ) in टिप्स/जानकारी by .

 फ्राइडे रिलिज अन्तर्गत राजु गिरी निर्देशित चलचित्र निर्जला शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको छ । शुक्रबार अन्य कुनै चलचित्र प्रदर्शनमा नआएका कारण चलचित्र निर्जलाले सोलो रिलिजको अवसर पाएको हो ।

प्रकाशचन्द्र न्यौपानेको निर्माणमा बनेको चलचित्रमा नायक किशोर खतिवडा, नायिका शुभेच्छा थापा र निक्स शर्माको मुख्य अभिनय रहेको छ । राजु गिरी निर्देशित यस अघिका चलचित्रहरु गीत संगीत, चलचित्रमा उठान गरिएका विषय वस्तु, साथै कलाकारका कारणले पनि चर्चामा आउने गरेका छन् । उनले निर्माण गर्ने गरेका चलचित्रहरुमा प्रेम कथासँगै यौन मनो विज्ञानमा आधारित हुने गरेका छन् ।

निर्देशक राजु गिरी यस अघि निर्माण गरेका चलचित्रहरुका कारण विवादमा समेत तानिएका थिए । यस अघिका चलचित्र जे जस्ता भए पनि निर्जला भने सामाजिक कथा बस्तुमा अधारित रहेको निर्माण युनिटले बताएको छ ।

चलचित्र प्रदर्शन अघि चलचित्र युनिटले प्रिमियर सो को आयोजना समेत गरेको थियो । नायिका शुभेच्छा थापा चलचित्र निर्जला नारी प्रधान चलचित्र भएको बताउँछिन् । चलचित्र निर्जलाले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

यस सँगै असोज ५ गते बाट प्रदर्शनमा आएको चलचित्र इन्टु मिन्टु लण्डनमाले तेस्रो सातामा प्रदर्शन सुरु गरेको छ । अझै पनि उपत्यका तथा उपत्यका बहिरका केही हलहरुमा चलचित्र प्रदर्शन भइरहेको चलचित्रकी निर्देशक रेनशा बान्तवा राइले बताइन् ।

यस्तै अघिल्लो साताबाट प्रदर्शनमा आएका चलचित्र अनुराग र कथा काठमाडौं पनि दोस्रो सातामा प्रदर्शन सुरु गरेका छन् । उत्साह जनक नभए पनि सामान्य व्यापार गरेका चलचित्रलाई समेत आज ठूलो व्यानरको चलचित्र रिलिज नहुनाले केही हद भए पनि फाइदा पुर्याएको छ ।

– उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *