Sajhamanch Archive

बृद्धा आश्रमका बृद्धबद्धालाई खाद्यन्य सामाग्री वितरण

Published: in समाज by .

बर्तामोड । झापाको बिर्तामोड–४ को नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले बृद्धाश्रममा आर्षित बृद्धबृद्धालाई खाद्यन्न बितरण गरेको छ ।

शिक्षालयले बिर्तामोड–४ को परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यन्न वितरण गरेको हो ।

शिक्षालय नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसर पारेर सोमवार (आज) बृद्धाश्रममा आर्षित बृद्धबृद्धालाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।

समाजलाई रुपान्तरण र सशक्त बनाउनु पर्ने साथै राम्रो आचारण र सुखी समाजको परिकल्पनाकार समेत रहेका स्व कर्माचार्यको सोच तथा बिचारलाई सार्थक बनाउने उदेश्यले प्रत्येक बर्ष उनको स्मृतिमा रचानात्मक कार्य गर्ने नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए ।

कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापकसमेत हुन् । कर्माचार्य कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द बैद्य र नारायण विलास जोशी मध्ये एक हुन् ।

उनको स्मृतिमा स्थापना भएको नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले बाली, पशु र बनका बिषयमा शिक्षा प्रदान गर्दै आएको बताउँदै होटल म्यानेजमेन्ट र फार्मेसी पनि सञ्चालनमा ल्याउने तयारी अध्यक्ष दर्लामीले बताए ।

शिक्षालयका अध्यक्ष दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ का इन्चार्ज राम कार्की (पार्थ) को प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि रहेका कार्कीले शिक्षालयमा अध्ययनरत बिद्यार्थीले दिनमा एक घण्टा बृद्धाश्रममा आएर बुवाआमाको सेवा गर्न आग्रह गरे । उनले दिनमा एक घण्टा पनि नभए बर्षमा २० घण्टा एकजना बिद्यार्थीले बृद्धाश्रममा आएर बृद्धबृद्धाको सेवा गर्नु पर्नेमा जोड दिए । कम्युनिष्टकै जनप्रतिनिधि उक्त नगर तथा वडामा भएपनि बृद्धाश्रमका लागि खासै कार्य नगरेको प्रति कार्कीले दुःख ब्यक्त गरे । बृद्धबृद्धालाई खाद्यन्न प्रदान गर्दै कार्कीले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाश्रमका कार्यालय सचिव बेनुप्रसाद भट्राईले आश्रममा हाल १२ जना बृद्ध र १४ बृद्धा गरी जम्मा २६ जना बुबाआमा आर्षित रहेको जानकारी दिए । त्यस्तै उनीहरुको स्यारसुसारका लागि ४ जना कर्मचारी रहेको बताए । विभिन्न संघसंस्था तथा ब्यक्तिहरुको सहयोगले आश्रम चलिरहेको उनको भनाई थियो ।

कार्यक्रममा शिक्षालयका कोषाध्यक्ष प्रकाश भट्टराई, नेकपा(माओवादी केन्द्र) बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षालयका सचिव जयप्रसाद भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *