कोटीहोमको मुल मन्दिरबाटै दान पेटीका चोरी
Published: (Updated: )
by .शिवसताक्षी । झापाको धार्मिक क्षेत्र कनकाई कोटीहोमको मुल मन्दिरबाटै दान पेटीका चोरी भएको छ ।
भक्तजनले चढाएको ४ वटा दानपेटी फोरेर नगद चोरी भएको हो ।
बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।
कोटीहोम क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र अझ वन क्षेत्र भएकोले लागुऔषध खरिद विक्रीका लागि समेत सुरक्षित स्थल भएपछि उनीहरुले नै चोरी गरेको हुन सक्ने बुझिएको छ । रातीको समयमा दान पेटिकाको चाबी तोडेर सबै रुपैँया लगिएको पाइएकोले मन्दिरमा भएको सीसी टिभी फुटेज समेतलाई आधार मानेर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बाले जानकारी दिए ।
Comments