Sajhamanch Archive

डलरको  अहिलेसम्मकै महंगो : विदेशबाट पैसा पठाउनेलाई फाइदा

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडाैं । अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ ।

बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर शुक्रबार एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिक्रीदर छ ।

डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने छ ।

नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ भने बढ्नेछ ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *