Sajhamanch Archive

शिवसताक्षीका पाँच वडाका विपन्न परिवारलाई सुधारिएको चुलो वितरण

Published: in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीका पाँच वटा वडामा विपन्न परिवारलाई सुधारिएको चुलो वितरण्ण गरिएको छ । शिवसताक्षीको दुधे स्थित भूपू सैनिकको सभाहलमा एक कार्यक्रमका बीच पाँच वडाका १ सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरिएको हो ।

वडा नं. २, ८, ९, १० र ११ नं. वडाका विपन्न परिवारलाई सामुदायिक प्रहरी सेवा केन्द्र दूधेको संयोजनमा काठमाडौ स्थित नेपाल रिसफ नेपालद्वारा सुधारिएको चुलो वितरण गरिएएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष छत्रबाबु ओझाले जानकारी दिए ।

नेपाल सरकार अन्तर्गत राउटे उन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठन नेपालको सहयोगार्थ सुधारसिएको धुवा रहित फलामे चुलो समुदायका विपन्न परिवारको जीवन स्तर उकास्न वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष सत्यवती खड्काले बताइन् । उनले पूर्वी नेपालदेखि पश्चिमसम्मका विपन्न समुदायिकहरुलाई लक्षित गरेर यस्ता अतिआवश्यकीय सामाग्रीहरु वितरण गरिदै आएको जानकारी दिइन् ।

सुधारिएको चुलोले ६० प्रतिशत सम्म दाउरा खपतको बचत, खाना छिटो पाक्ने, एक स्थानबाट अर्को स्थानमा सजिलै सार्न सकिने ८० प्रतिशत सम्म धुँवा कम हुने लगायतका फाइदा रहेको बताइएको छ।करिब ३ लाख ५० हजार बराबरको सुधारिएको चुलो वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा सम्बन्धि वडाहरुका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष छत्रबाबु ओझाको अध्यक्षा रहेको कार्यक्रमको सञ्चालन निर्मला प्रधानले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *