Sajhamanch Archive

चीनको वुहानमा फेरि लकडाउन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ ।

चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।

चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो ।

अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ ।

चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *