पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ
Published:
by .काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव घुससहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेको आरोप छ । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार अपराह्न अख्तियारले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।
Comments