Sajhamanch Archive

शिवसताक्षीमा कर शिक्षा, ७० बढी व्यवसायीको सहभागिता

Published: (Updated: ) in शिक्षा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा कर शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

शिवसताक्षी उद्योग वाणिज्य संघको आयोजनामा शिवसताक्षीका व्यवसायीहरुलाई कर शिक्षा कार्यक्रम गरिएको हो ।

नगरका व्यवसायीहरुलाई कर सम्बन्धि जिज्ञासाहरु समाधान गर्ने उद्देश्यले कार्यक्रम गरिएको शिवसतक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले जानकारी दिए । उनले कार्यक्रममा नगर भित्रका व्यवसायीहरुले समयमा कर तिर्न, कर आफ्ना लागि तिर्ने भन्ने भावनाको विकास गर्न र पानमा दर्ता भएका व्यवसाय, भ्याटमा दर्ता भएका व्यवसाय, अन्य ठूला व्यवासयीहरुले सहज रुपमा कर तीर्न, अनलाइन मार्फत कर कसरी तिर्न सकिन्छ भन्ने कुराहरुको बारेमा प्रष्ट पारिएको बताए ।

कार्यक्रममा शिवसताक्षीका ७० बढी व्यवसायीको उपस्थिति रहेको थियो । शिक्षामा प्रमुख कर अधिकृत डम्बरुप्रसाद पराजुली, कर अधिकृत देवेन्द्र कुमार लिम्बु र ना.सु प्रदीप बरालले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *