झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीको सडक ४ लेन बन्ने, सडकमा अन्डर पास र आकाशे पुल बनाउन स्थानीयको सुझाब
Published: (Updated: )
by .शिवसताक्षी । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको एक सय २० किलोमिटर सडक ४ लेन बन्ने भएको ।
सडक नेपालको पूर्वीद्वार काँकरभिट्टादेखि लौकहीसम्म दुईबाट चार लेनको बनाइने भएको हो ।
जसका लागि सडकखण्डमा पर्ने साना ठूला संरचना हटाइने झापाको शिवसताक्षीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले जानकारी दिए । उनले सो सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे संक्षिप्त जानकारी पनि दिएका थिए ।
सो सडकका लागि एसियाली विकास बैङ्कले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १७ करोड रूपैयाँ रहेको छ । निर्माण कार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ ।
यो सडकको कूल एक सय २० किलोमिटरमध्ये झापामा ५४ दशमलव नौ किलोमिटर पर्छ । झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुससम्ममा ठेक्का खुल्ने आगामी पौष महिना भित्र ठेक्का लाग्ने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले जानकारी दिए ।
शिवसताक्षीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सडकका वरपरका बस्तीमा पर्ने असर, सडक निर्माण गरेपछि त्यसमा राखिने आकाशे पुल, अण्डर पास, वर्षातबाट आउने पानीको निकासका बारेमा कार्यक्रमा उपस्थित भएका नागरिकले जिज्ञासा राखेका थिए ।
शिवसताक्षीमा पर्ने सडकका उत्तर जंगल पर्ने र सो स्थान गौचरणका लागि प्रयोग हुने भएकाले सडक बनाउदा अन्डरपास र बजार क्षेत्रमा आकाशे पुल बनाउन समेत सुझाब दिइएको थियो । सडकका उत्तर दक्षिण ठुला ठुला घरहरु बन्दा सडकमा राखिएको कल्र्भड र पानी निकास लागि बनाइएको संरचना पुरिदै गएकाले राजमार्ग उत्तरबाट बग्ने पानीलाई डे«न निर्माण गरी नजिकका खोलाहरुमा निकास गर्नु पर्ने नेकपा एमाले वडा कमिटी शिवसताक्षी ९ का अध्यक्ष मेदनी प्रसाद दंगालले सुझाए ।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन।
तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ । आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।
यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ । कार्यक्रम शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नगरमाया कार्कीको अध्यक्षतामा भएको थियो ।
यसैबीच कमल गाउँपालिका पनि काँकडभिट्टा— लौकही सडक स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) प्रतिवेनका सम्बन्धमा आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका ५ स्थित अस्थाई कोभिड अस्पतालको सभाहलमा सम्पन्न भएको कार्यक्रममा काँकडभिट्टा — लौकही सडक १ सय २० किलोमिटर लम्वाई अन्तर्गत कमल गाउँपालिका क्षेत्र भित्र पर्ने वडा नम्वर ३,४ र ५ का सरोकारवालहरु बिच सार्वजनिक सुनवाई गरीएको हो ।
सडक निर्माणका समयमा हुने सक्ने विध्यामान वातावरणीय अवस्था, वायु ध्वनि तथा पानिको गुणस्तर, ,जैविक वातावरण, वनको व्यवस्थापनका प्रकार, सामाजिक,आर्थिक र संस्कृतिक अवस्था,बन्यजन्तु ओहोरदोहोर गर्ने अवस्थाका बारेमा सडक आयोजना कार्यलयका सामाजिक विकास तथा पुनर्वास विशेषज्ञ रिवन ढकालले जानकारी गराएका थिए ।
Comments