Sajhamanch Archive

झापाका तीन पत्रकार सम्मानित हुने, भीमालाई वर्ष उत्कृष्ट, विष्णु र गंगालाई उदयीमान

Published: in विविधा, समाज by .

झापा । झापाका तीन पत्रकार सम्मानित हुने भएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कार पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ ।

पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको ५ सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् ।

आगामी भोलि साउन २७ गते महासंघको २३औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने सो पुरस्कारको राशी नगद २५ हजार रुपैंयासहित ताम्रपत्र रहेको छ ।

त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णुकुल श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सो पुरस्कारको राशी जनही ५ हजारसहित प्रसंशा पत्र रहेको छ ।

२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *