एमालेले भदौ २० गते १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु टुंगो लगाउने
Published: (Updated: )
by .काठमाडौ । नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिए
क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला र प्रदेशले राय सहित केन्द्रमा पठाउनु पर्नेछ ।
एमालेको यो निर्णयसँगै सबै स्थानीय कमिटीहरु सक्रिय हुने भएका छन् । अर्कातिर टिकट आफ्नो पक्षमा पार्न सम्भवित उम्मेद्वारहरुको दौडाहा भोली सुरु हुने जनाइएको छ ।
Comments