गाउँ नै शोकमा डुब्यो, कनकाई नहरमा डुबेर दुई बालबालिकाको मृत्यु
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको कनकाई माइको नहरमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ९ आइतबारेका दुई बालिका बिहीबार साँझ पौडी खेल्न क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाृे । मत्यु हुनेमा स्थानीय १२ वर्षीय सिकुन् राई र ११ वर्षीया एन्जिला सुन्दास रहेका छन् ।
मृतक राई माईधार स्थित रेड रोज बोर्डिङ स्कुलका छात्र हुन् भने सुन्दास बाल निकुञ्ज माध्यमिक विद्यालयकी छात्रा हुन् ।
मृतक बालबालिका एकै गाउँका सँगै खेल्ने साथी हुन । स्थानीयवासीका अनुसार विद्यालयबाट घर फर्केपछि खाजा खाएर उनीहरू खेल्न गएका थिए ।
साँझ ५ बजे तिर आइतबारे स्थित कनकाई नहरको डिलमा उनीहरूको बाहिरी वस्त्र फेला परेको थियो । खेल्न गएका नानीहरूको बाहिरी वस्त्र मात्र फेला परेपछि नहरमा पसेको आशंकका खोजी गरिएको थियो । खोजी गर्ने क्रममा स्थानीयवासी र इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले घटनास्थलबाट चार किलोमिटर दुरीको सतासी खोलाको साइफनमा अड्किएको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए । उनीहरूको शव ४ घण्टापछि फेला परेको हो ।
घटना पछि आइतबारे शोकमा डुबेको छ । ‘एकै ठाउँका दुई बालबालिकाको मृत्यु जस्तो अकल्पनीय घटनाले सबैलाई स्तब्ध बनायो,’बाल निकुञ्ज माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु खतिवडाले भने ।
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धान पनि सुरु गरेको जनाएको छ ।
Comments