Sajhamanch Archive

दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थामा एमाले समूहका अध्यक्ष सहित १३ सदस्य निर्वाचित

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

शिवसताक्षी । झापाको पर्यकीय क्षेत्र दोमुखामा रहेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थामा अध्यक्ष सहित नेकपा एमाले समूहतर्फका १३ सदस्य निर्वाचित भएका छन् । स्वतन्त्र लोकतान्त्रिक समूहबाट सचिव र कोषाध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्षमा नेकपा एमाले समूहतर्फका धनप्रसाद लावती निर्वाचित भएका हुन् । स्वतन्त्र लोकतान्त्रिक समूहतर्फका इन्द्रबहादुर लिम्बु (अशोक)लाई ११३ मत अन्तरले पछि पार्दै लावती विजयी भएका हुन् । लावतीले ३४६ मत प्राप्त गरेका छन् भने लिम्बुले २३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रथम उपाध्यक्षमा नेकपा एमालेका चुडामणी तिम्सिना रमेश निर्वाचित भएका छन् । तिम्सिनाले २९७ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्दी स्वतन्त्र लोकतान्त्रिक समूह तर्फका प्रेमध्वज जवेगुले २८२ प्राप्त गरेका छन् ।
द्वितीय उपाध्यक्ष पदमा लोकतान्त्रि समूहमा राजकुमार बस्नेत (सविन) लाई हराउँदै नेकपा एमालेका सुमन संग्रौला निर्वाचत भएका छन् । संग्रौलाले २९९ मत प्राप्त गर्दा बस्नेतले २५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा स्वतन्त्र लोकतान्त्रिक समूहका धनकुमार ढकाल निर्वाचित भएका छन् । उनको निकटम प्रतिद्वन्दी नेकपा एमालेका पुष्पराज संग्रौललाई हराउँदै ढकाल निर्वाचित भएका हुन् । ढकालले २८२ मत प्राप्त गर्दा संग्रौलाले २७४ मत प्राप्त गरेका छन् ।

सह सचिवमा पदमा नेकपा एमालेका फडिन्द्र राईले ३३८ मत प्राप्त गरी निर्वाचित भएका छन् । स्वतन्त्र लोकतान्त्रिक समूहका दिलिप लिम्बु दिलुलाई हराउँदै राई निर्वाचित भएका हुन् । लिम्बुले २१२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कोषाध्यक्ष्यमा स्वतन्त्र लोकतान्त्रिक समूहकी चुनमाया दाहाल (आशा) निर्वाचित भएकी छिन् । दाहालले २८८ मत प्राप्त गरेकी छिन् भने, राईले २७२ मत प्राप्त गरेकी छिन् ।

खुल्ला सदस्यमा नेकपा एमालेका नविन सुब्बा थिङलाबु, प्रेम प्रसाद फुयाल, बद्रि विक्रम विष्ट, राजबहादुर राई, हरिप्रसाद सिटौला निर्वाचित भएका छन् ।

महिला सदस्यहरुमा नेकपा एमालेकी उर्मिला सार्की, नन्दिमाया रैका मगर, राममाया सेर्पा श्रेष्ठ र शोभा खुलाल निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा जम्मा ७५१ मत संख्या रहेको संस्थामा ६०१ मत खसेको थियो । संस्थाको तीन वर्षे कार्यकाल रहने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *