Sajhamanch Archive

जीप दुर्घटनामा पाँच जनाको मृत्यु,

Published: in मिडियाबाट साभार, समाज by .

दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आइरहेको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसारका दुर्घटनामा मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहरा रहेका छन् ।

शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा बुधबार अपराह्न चार पुरुष र एक जना महिलाको घटनास्थलमै मुत्यु भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

बझाङका सबै जना भारतको पिथौरागढ उपचारका लागि जान आएको भन्ने बुझिएको दार्चुलाका प्रहरी डिएसपी प्रतीक विष्टले बताए । प्रहरीका अनुसार घाइते हुने मालिकार्जुन गाउँपालिका(३ का ५० वर्षीया गोमतीदेवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका(६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका(३ का ३५ वर्षीय रमेश लुहार, महाकाली नगरपालिका(७ का २५ वर्षीय लिलाराम कोली, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का प्रदीप राना र बझाङ बुङ्गल नगरपालिका–८ का ६८ वर्षीय धनबहादुर जागरी घाइते भएका छन् ।

उनीहरुमध्ये ३ जना सख्त घाइते रहेका छन् । घाइतेहरुको गोकुलेश्वर प्रहरी चौकी, मालिकार्जुन चौकीका प्रहरी र स्थानीय उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *