Sajhamanch Archive

झापाका तीन पत्रकार डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

Published: in विविधा, समाज by .

विर्तामोड । झापाका सक्रिय तीन पत्रकारलाई दिवंगत साहित्यकार तथा पत्रकार डी।कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

झापाका पत्रकारहरू जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सह सचिव पाठक र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ रहेको छ । साहित्यकार तथा पत्रकार डी।कौडिन्यलाई तत्कालीन शाही सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी चारआलीस्थित व्यारेकमा पुर्याएर हत्या गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *