Sajhamanch Archive

बालबालिका शिक्षा कार्यक्रम अब रेडियो हिमशिखरबाट पनि प्रशारण हुने

Published: in विविधा, समाज by .

बिर्तामोड । बालबालिका लक्षित रेडियो कार्यक्रम बालबालिका र शिक्षा झापाको रेडियो हिमशिखर बाट पनि प्रसारण हुने भएको छ।

दमक बाट प्रसारण हुँदै आएको रेडियो हिमशिखर १०३।३ मेघाहर्जमा शुक्रबार बेलुकी ७स्१५ बजे र शनिबार बिहान ८स्१५ बजे प्रसारण हुने स्टेशन म्यानेजर हरिकृष्ण न्यौपानेले जानकारी दिए।

यस अघि झापाबाट आँगन एफएम ८९।६ मेगाहर्ज,रेडियो बिराट ८८.५ , इलामको रेडियो फिकल ९०।ट मेघाहर्ज र मोरङ्गको रेडियो रिदम ९९।७ र पाँचथरको रेडियो मितेरी ९८।२ मेघाहर्जमा बालबालिका लक्षित कार्यक्रम ुबालबालिका र शिक्षाु प्रसारण हुँदै आएको थियो ।

मोबाइल र ईन्टरनेटको प्रयोग बाट बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको हो।

बिगत २ बर्ष देखि प्रसारण हुँदै आएको रेडियो कार्यक्रमले अभिभावक र बालबालिका लाई सकारात्मक सन्देश दिदै आएको कार्यक्रम संयोजक एवम् बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले जानकारी दिए ।

कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने र बालबालिका प्रती सरोकारवाला निकायको ध्यानाकर्षण हुन थालेको छ ।

साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । संचारकर्मी चेतन लामिछाने , सृजन घिमिरे,रेणु मुखियाको आवाजमा उत्पादन हुने कार्यक्रममा बालबालिका र शिक्षकको कुराकानी र गतिविधि समेटेर प्रसारण हुने गरेको छ। बालबालिकाका सकारात्मक सन्देश लाई आम श्रोता समक्ष पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि सामाग्री प्रस्तुत गरिने जनाईएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा ुमेरो कथाु स्तम्भ मार्फत प्रस्तुत गरिनेछ । शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने कार्यक्रम प्रस्तोता पुस्पा लिम्बुले बताईन ।
ब्ततबअजmभलतक बचभब

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *