Sajhamanch Archive

अखिल नेपाल महिला संघको १० औं अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

Published: in विविधा, समाज by .

भद्रपुर । अखिल नेपाल महिला संघका केन्द्रीय सचिव मेनुका काफ्लेले महिलाहरु राजनीतिक सामाजिक र आर्थिक रुपले सुरक्षित छनभने नेकपा एमालेबाट सुरक्षित भएको बताइएकी छिन् ।

अखिलनेपाल महिला संघ झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदीय मोर्चामा महिला सहभागिताको कुरा अखिल नेपाल महिला संघले उठाएपछि नेकपा एमाले त्यसलाई आफ्नो मुद्दा मात्रै बनाएन बरु महिला सहभागितालाई संविधानमै सुनिश्चित गरेको बताइन् । उनका अनुसार त्यही संविधानले देखाएको मार्गचित्र अनुसार अहिले स्थानीय तहदेखि प्रदेश र संघमा पनि महिला प्रतिनिधित्व भएको छ ।’

पत्रकार सम्मेलनमा अनेमसंघ झापाकी अध्यक्ष तथा प्रदेशसभाका माननीय सदस्य जसमाया गजमेरले महिला मुक्ति आन्दोलन कही कतैबाट प्रहार भएको छ भने गठबन्धनबाट प्रहार भएको बताइन् । उनले यसैपाली स्थानीय तहको निर्वाचनमा गठबन्धनको नामबाट महिला प्रतिनिधित्वमाथि प्रहार भएको बताइन् ।

उनले शनिबार भदौ ४ गते शनिवार हुने अखिल नेपाल महिला संघ झापाको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी भएको जानकारी दिइन् । अधिवेशन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुने बताइएको छ । जिल्ला अध्यक्ष गजमेरले झापाभरि रहेका २१ हजार संघका सदस्यमध्ये ४०१ जना प्रतिनिधिको उपस्थितिमा बन्दसत्र हुनेछभने उद्घाटन समारोह खुल्ला सभाको रुपमा हिमाल पार्टी प्यालेसमा हुने पनि उनको भनाई थियो ।

अधिवेशनले १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने भएको छ । नेतृत्व सर्वसम्मत चयन गरिने पनि अध्यक्ष गजमेरले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *