Sajhamanch Archive

निक्षेपमा गिरावटसँगै बैंकहरुको सीडी रेसियोले सीमा नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by .

काठमाडौं । बैंकहरुको निक्षेपमा लगातार गिरावट हुँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा नाघ्न लागेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार २०७९ साउन मसान्तमा सञ्चालनमा रहेका २६ मध्ये ३ वाणिज्य बैंकको निक्षेप ९० प्रतिशत नाघेको छ । सेञ्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको हो ।

चालु आर्थिक वर्ष २०७९र८० लागे पछि साउन महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब ७ करोडले घटेको छ ।

२०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्ब ४ करोड रहेको निक्षेप ३१ साउन २०७९ मा ४४ खर्ब ३३ अर्ब ३७ करोडमा झरेको छ । तर सोही अवधिमा कर्जा भने १ अर्ब ६९ करोडले बढेको छ । २०७९ असार मसान्तमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रहेको कर्जा लगानी साउन मसान्तमा ४१ खर्ब ७६ अर्ब ५२ करोड पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *