Sajhamanch Archive

संयुक्त ट्रेड युनियन सञ्जाल ११ सुत्रीय माग राख्दै सरकारको कदम विरुद्ध उत्रियो

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका कर्मचारी संगठनहरुले ११ सुत्रीय माग राख्दै सरकारको विरोध जनाएका छन् । शिवसताक्षीमा रहेको संयुक्त ट्रेड युनियन सञ्जालले विभिन्न माग राख्दै नगरपालिकामा विरोध जनाएको हो ।

सरकारले तयार गर्न लागेको संघीय निजामति सेवा ऐनमा ११ सुत्रीय मागहरु समावेश गराउन दबाब स्वरुप कार्यक्रम गरिएको नेपाल निजामति कर्मचारी संगठन शिवसताक्षी अध्यक्ष विमल बास्कोटाले बताए । उनले अनुसार नगरका सबै वडाहरुमा माग सहितको बेनर लगाउने र भाद्र १७ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने जानकारी दिए।

कर्मचारी मैत्री सेवा मैत्री हुने गरी संघीय, प्रदश र स्थानीयतहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नु पर्ने, क्षतिपुर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गरिनु पर्ने, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागु गर्नु पर्ने जस्ता ११ बुँदे माग राखिएको छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल मधेशी निजामती कर्मचारी संगठनले संयुक्त रुपमा सरकारको कदम प्रति विरोध जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *