Sajhamanch Archive

माया घर नेपालमा खाद्य सामाग्री सहित शिवसताक्षीको टोली, उद्धार गरिएकी महिलाको स्वास्थ्यमा सुधार

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

शिवसतक्षी । झापाको शिवसताक्षी नगरपालिकाले इटहरी स्थित माया घर नेपालमा आश्रय लिएर बसेका महिला तथा बालबालिका लागि खाद्य सामाग्री तथा लत्ताकपडा प्रदान गरेको छ ।

एक महिना अघि माया घर नेपालले उद्धार गरेको शिवसताक्षी १० साङ्लोमा बाँधिएकी अम्बिका ढकालको अवस्था बुझ्न शिवसताक्षी नगरपालिकाकाले टोली खाद्य सामाग्री सहित माया घर नेपाल पुगेको हो ।

शिवसताक्षीबाट उद्धार गरिएकी ढकालको स्वास्थ्यमा सुधार भएको माया घर नेपालले जनाएको छ । ढकाल अहिले साङ्लो मुक्त मात्रै भएकी छनन् । उनी अरु मानिस सरह माया घर नेपालमा बसेकी छिन् ।

माया घर नेपालले उनको स्वास्थका लागि औषधी चलाइरहेको बताएको छ । औषधी चलाएपछि उनको स्वास्थ्यमा सुधार आएको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताइन् । प्रदेश नं. १ भरीका धरै स्थानीयतहबाट मायाघर नेपाले महिला तथा बालबालिकाहरुलाई उद्धार गरेको छ । तर माया घर नेपाललाई सम्झिएर आफ्नो नागरिकको अवस्था बुझ्न आउने स्थानीय निकाय कमै रहको उनले बताइन् । उनले माया घर नेपालमा आश्रय लिएर बसेका महिला तथा बाललिकाहरुलाई स्वास्थ्य उपचार र लत्ताकपडामा बढी समस्या रहेको गुनासो गरिन् । माया घरलाई सहयोग गर्ने संस्थाहरुले स्वास्थ्य उपचार खर्च र लत्ता कपडा ल्याइदिन समेत उनले आग्रह गरेकी छिन् ।

महिलाहरुको महान चाड तीजमा गरिने खर्चलाई समाज सेवामा लगाउने उद्देश्यका साथ मायाघर नेपालमा आश्रित महिला तथा बाललिकाका लागि राहत स्वरुप खाद्य सामाग्री तथा लत्ता कडा प्रदान गरिएको शिवसताक्षी नगरपालिकाकी उपमेयर नरमाया कार्कीले बताइन् । उनले नगर भित्र रहेका अशक्त अपाङ्ग, सस्त मनस्थिति र अन्य विभिन्न कारणले समस्यामा परेका नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले अम्बिका ढकालको स्वास्थ्य अवस्था बुझ्न मायाघर सम्म आएको बताइन् ।
राज्यले गर्ने काम माया घरले गरेकाले यसलाई सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरेकी छिन् ।

मायाघर नेपालले कठिन काम गरेको भन्दै शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत अमृतबहादुर  राईले मायाघर नेपालको प्रशंसा गरेका छन् । सरकारले गर्नु पर्ने काम माया घरले गरेको छ । उनले भने, यस्तो महान काम गर्ने संस्थालाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले यस्ता संस्थाहरुको संरक्षण गर्नु पर्ने हुन्छ । हाल नगरपालिकाको तर्फबाट संस्थालाई सानो सहयोग प्रदान गरेको उनको भनाई थियो ।

माया घर नेपालकी अध्यक्ष राधिका दाशीले शिवसताक्षी नगरपालिकालाई धन्यवाद दिएकी छिन् । तपाईहरुले पुन्य काम गर्नु भएको छ । उनले भनिन् पुर्व आउँदा अवस्य तपाईहरुको नगरपालिकामा म निस्किने छु ।

नगरपालिकाले १२० थान टिसर्ट र सुरुवाल, ३ बोरा चामल,२ कार्टुन सेनेटरी प्याड, ५ लिटर सुर्यमुखी तेल, ५ केजी चिउरा, ५ केजी मुसरी दाल, १÷१ कार्टून लुगा धुने, नुहाउने र भाडा माझ्ने साबुन, ५ केजी सरफ, ५ केजी भुझा, ५केजी चिनी र ५ केजी चना प्रदान गरेको थियो ।

हाल मायाघर नेपालमा प्रदेश १ भरीका १२० जना महिला तथा बालबालिकाहरु आश्रय लिएका छन् ।
एक महिना अघि साझामञ्च डटकममा साङ्लोमा बाँधिएकी महिलाको शिर्षकमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै माया घर नेपालले अम्बिका ढकाललाई उद्धार गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *