Sajhamanch Archive

अनाधिकृत रुपमा बनाइएको दुइटा नोयडाका ट्विनटावर ९ सेकेन्डमा भत्काइयो

Published: (Updated: ) in मिडियाबाट साभार by .

एजेन्सी । भारतको नोयडामा कानुनविपरीत निर्माण गरिएका दुइटा टावर (अग्ला भवन) सुरक्षित रूपमा भत्काइएको छ ।

टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भवन करिव ९ सेकेन्डमा नै भत्काइएको थियो ।

भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खाली गरिएको थियो । सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए ।

टावर भएको स्थान वरिपरि धुवाँ फैलिएको छ । विस्फोटले आसपासका क्षेत्रमा रहेका भवनमा क्षति भएरनभएको भने एकिन भइसकेको छैन ।

सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको हो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले बेहोरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *