Sajhamanch Archive

पाकिस्तानले एनजीओहरुलाई ६० दिन भित्र देश छोड्न निर्देशन

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन (एनजीओ)हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ ।

पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो ।

पाकिस्तानी सरकारको निर्णयबाट प्रभावित एक्सन एडले सरकारको यो निर्णय नागरिक समाज माथि भएको हमलाको अर्को शृङ्खला भएको प्रतिक्रिया दिएको छ ।

पाकिस्तानको गृहमन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

सरकारका तर्फबाट एक्सन एडलाई पठाइएको पत्रमा छ महिनापछि रजिष्ट्रेसनका लागि पुनः आवेदन गर्न सक्ने उल्लेख छ ।

पाकिस्तानमा मानवअधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेपछि सरकारले अन्तर्राष्ट्रिय संघसंस्थालाई देश छोड्न आदेश दिएको हो ।

पाकिस्तानको गुप्तचर निकायले अन्तर्राष्ट्रिय संगठनलाई सधैं शंकाको दृष्टिले हेर्ने गरेको छ ।

यसअघि सन् २०१७ को डिसेम्बरमा पनि पाकिस्तानले एक्सन एडसहितका कतिपय अन्तर्राष्ट्रिय एनजीओलाई देश छाड्न आदेश दिएको थियो ।

तर पश्चिमी मुलुकहरुको दबाबका कारण पाकिस्तानले पछि यो निर्णय फिर्ता लिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *