Sajhamanch Archive

घरको ६ तलाबाट हाम्फालेर एक जोडीको मृत्यु

Published: in विविधा, समाज by .

काठमाडौ । काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन घरको छतबाट हाम्फालेर एक जोडीले आत्महत्या गरेका छन् ।

काठमाडौं–१० बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हाम्फाल्दा एक किशोर र एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् । ६ तलामाथीबाट हाम्फालेपछि उपचारका लागी अस्पताल लगिएको र सिभिल अस्पतालका चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *