Sajhamanch Archive

सामुहिक हत्याका अभियुक्त आलम प्रतिनिधिसभा उम्मेद्वार सिफारिस

Published: in राजनीति by .

रौतहट । बिष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट(२ बाट संघीय संसदको उम्मेद्वारका रूपमा सिफारिस भएका छन् ।

कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै अञ्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा बिचाराधीन छ । रौतहट(२ बाट निर्वाचित नेपाली कांग्रेस सांसद आलमविरूद्ध १४ जनाको हत्या गरेको अभियोग लागेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *