Sajhamanch Archive

नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ (ख)मा गिरी सहित तीन जनाको नाम सिफारिस

Published: (Updated: ) in राजनीति by .

शिवसताक्षी । नेपाली कांग्रेसले झापा क्षेत्र ४ (ख)को उम्मेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि क्षेत्र ४ (ख) को प्रत्यक्ष तर्फ जीवन गिरी, एकराज उप्रेती र खड्ग कार्कीको नाम सिफारिस गरेको हो ।

गिरी नेपाली कांग्रेका प्रदेश महाधिवेशन प्रतिनिधि र युवा व्यवसायी हुन् । उप्रेती र कार्की पनि महाधिवेशन प्रतिनिधि हुन् । त्यस्तै गरी समानुपातिकमा भिम राजवंशी, टंक विश्वकर्मा, मनोजकुमार पोख्रेल र महिला सदस्यमा लक्की गणेश, कविता बस्नेतलाई सिफारिस गरिएको नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *