Sajhamanch Archive

केन्यामाथि नेपालको सानदार जित

Published: in खेलकुद by .

काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय खेल ७ विकेटले जितेको छ । आसिफ शेखले ११० रनको शतकीय पारी खेलेपछि नेपालले ४७.।२ ओभरमा ३ विकेटको क्षतिमा केन्याले दिएको लक्ष्य पूरा गर्‍यो ।

आसिफले १२० बलमा १०८ रन बनाए । त्यस्तै अर्जुन साउद ९८ बलमा ६१ रन बनाए । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

त्यसअघि केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको थियो । यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३(२ ले विजयी भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *