प्रसाई ट्रस्ट कल्याणकारी कोषद्वारा वडाध्यक्ष प्रसाई सम्मानित
Published:
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं। ४ का वडाध्यक्ष विष्णुप्रसाई सम्मान गरिएको छ ।
प्रसाई ट्रस्ट कल्याणकारी कोष शिवसताक्षी इकाई समितिले वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसर पारेर प्रसाईलाई सम्मान गरेको छ ।
प्रसाई बन्धु परिवारका सदस्य जनप्रतिनिधिको रुपमा निर्वाचित भई नागरिकको सेवामा समर्पित हुँदा प्रसाईं ट्रस्ट कल्याणकारी कोष परिवारसमेतको गरिमा उच्च भएको भन्दै प्रसाईलाई सम्मान गरिएको संस्थाका अध्यक्ष गणेश प्रसाईले जानकारी दिए । संस्थाले ज्येष्ठ नागरिक अभिकिशोर प्रसाईलाई समेत सम्मान गरेको थियो ।
त्यसैगरी गरी अधिवेशनबाट संस्थाको नयाँ कार्य समिति चयन गरेको छ । भेलाले विष्णु प्रसाईको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रमिला प्रसाई, सचिवमा मोहनकुमार प्रसाई, सहसचिव कमलप्रसाद प्रसाई, कोषाध्यक्षमा लीला प्रसाई रहेका छन् । त्यसैगरी सदस्यहरुमा तारा प्रसाई, गंगादेवी प्रसाई, सिताराम प्रसाई, हरि प्रसाईलाई सर्वसम्मत चयन गरेको हो । भेलाले बृहस्पति प्रसाईको संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा जगतप्रसाद प्रसाई, अभिकेशर प्रसाई, सारदा प्रसाई र विष्णुप्रसाद प्रसाई रहेका छन् ।
संस्थाले बन्धुहरुको मृत्यु संस्कार तथा सहयोगको लागि निर्माण गरेको कोषमा हालसम्म १४ लाख ७ हजार संकलन भएको नव गठित समितिका अध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए । उनले प्रसाई बन्धुहरुको मृत्यु सस्कार, बन्धुहरुलाई कुनै पनि काम गर्न रकमको अभाव भएमा सस्तो व्याजमा रकम उपलब्ध गराई उहाँको समस्या समाधान गर्नका लागि उक्त कोष खडा गरिएको जानकारी दिए । कोषमा शिवसताक्षीका ४८ प्रसाई परिवारले मासिक २५० का दरले कोषमा रकम जम्मा गर्दै आएका छन् ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष इन्द्र प्रसाई लगायत ४५ जनाको उपस्थिति रहेको थियो ।
Comments